विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालमा रहेको न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागको लागि छुट्टै भवन निर्माण गरिएको छ ।
विभागका लागि निर्माण गरिएको भवनको आइतबार अस्पतालका संस्थापक अध्यक्ष प्रा. डा. ज्ञानेन्द्रमान सिंह कार्कीले उद्घाटन गरेका छन् । विभागमा अत्याधुनिक उपकरण जडान गरिएको छ ।
यसबाट उपचारमा थप सहजता हुने अस्पतालले जनाएको छ । केही दिनअघि विराट मेडिकल कलेज शिक्षण अस्पतालको नर्सिङ अध्ययन केन्द्र औपचारिक रूपमा सुरु गरिएको थियो ।







प्रतिक्रिया