स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा


काठमाडौँ । स्विट्जरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइबतबार बिहान भएको खेलमा अर्जेन्टिनाले ३–१ गोलले स्विट्जरल्याण्डलाई हराएको हो ।

अर्जेन्टिनाका लागि एलेक्सिस एलिस्टर र जुलियान अल्भारेज र लौटारो मार्टिनेजले गोल गरे । अर्जेन्टिनाका लागि एलेक्सिस एलिस्टरले खेलको १० औँ मिनेटमा गोल गरे । लियोनल मेस्सीको पासमा उनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा स्विट्जरल्याण्डका ड्यान एन्डोएले गोल फर्काउँदै खेललाई बराबरीको स्थितिमा ल्याए ।

बायाँ विङबाट भित्र छिर्दै ६६ औँ मिनेटमा एमिलियानो मार्टिनेजको खुट्टाकोबीचबाट उनले बललाई जाली चुमाए । निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा जुलियान अल्भारेजले गोल गर्दै नतिजा २–१ मा पुर्याए । मार्टिनेजको गोलपछि स्थिति ३–१ मा पुग्यो । अब अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डसँग खेल्ने छ।