काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अप्सना बानुले सरकारको शान्ति सुरक्षा व्यवस्थापन र नागरिकसँगको सम्पर्क प्रणालीप्रति प्रश्न उठाएकी छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद बानुले गृह मन्त्रालयसँग आफ्ना समस्या राख्न खोज्दा नागरिकले सहज पहुँच नपाएको गुनासो आइरहेको बताएकी हुन् ।
उनले भनिन्, ‘म सरकारको एउटा गम्भीर कमजोरीतर्फ ध्यानाकर्षण गराउन चाहन्छु । जनता वा मुलुकको शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी लिएको गृह मन्त्रालयसँग आफ्नो समस्या पोख्न सम्पर्क गर्दा गृहमन्त्रीज्यूको स्वकीय सचिवले कुनै प्रतिक्रिया नदिने तथा फोन नउठाउने जस्ता गुनासा तारन्तार आइरहेका छन्।’
उनले नागरिकको समस्या सुन्नु सरकारको पहिलो जिम्मेवारी भएको भन्दै समस्या पर्दा सम्बन्धित निकाय वा मन्त्रालयबाटै गैरजिम्मेवार व्यवहार हुनु दुःखद भएको बताइन्।

प्रतिक्रिया