रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन् । सभापति पदका लागि ६ जनाबीच प्रतिस्पर्धा भएको र कसैले पनि स्पष्ट मत प्राप्त नगरेकाले धेरै मत ल्याउने शालिकराम र गोपालबीच पुनः मतदानको तयारी गरिए पनि अन्तिममा सहमतिबाट शालिकराम निर्वाचित भएको निर्वाचनमा समिति सदस्य गुनाराम घिमिरेले जानकारी दिएका छन् ।
सभापति पदका लागि ६ जनाबीच भएको प्रतिष्पर्धामा रुपन्देहीका शालिकराम घिमिरेले सबैभन्दा बढी १ सय ९९ मत र त्यसपछि अर्घाखाँचीका गोपाल घिमिरेले ८७ मत ल्याएका थिए । गएराति भएको मतदानमा पाँच सय ५२ मत खसेको थियो ।

प्रतिक्रिया