अख्तियारद्वारा वीरगञ्जका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह सहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले वीरगञ्ज महानगरपालिकाका मेयर सिंह र सिन्धुपाल्चोक इन्द्रावतीकी रिता भट्टराई, वीरगञ्ज–३ का तत्कालीन वडा सचिव भिखारी राय र वडा सदस्य तुफैल अख्तर ठकुराई अनि जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेल विशेष अदालतमा सोमबार विरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगले तत्कालीन उपसचिव पुस्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेल विरुद्ध पनि मुद्दा दायर गरेको छ । झुटा कागजातका आधारमा नागरिकताको प्रमाणपत्र दिलाएको आरोपमा आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । वीरगञ्ज महानगरपालिकाका मेयर सिंह गत साता पक्राउ परी धरौटीमा छुटेका थिए ।