एमालेको कार्यविभाजन हेर्दा यस्तो लाग्छ सोच्ने काम हाम्रो होइन, सैनिक संगठनमा जस्तै लड्नु होः गोकुल बास्कोटा


काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी सचिवालयले गरेको कार्यविभाजप्रति असन्तुष्टि जनाएका छन् । आइतबार बिहान सामाजिक संजालमार्फत बास्कोटाले अब एमाले कसरी पहिलो बन्छ भनेर एआईलाई सोध्नु पर्ने अवस्था आएको बताएका हुन् ।

उनले भनेका छन्र्, ‘न एष्ट्रोनोमी, न फिजिक्स, न केमेस्ट्री, न वायोलोजी न त जुयोलोजी, अर्थमेटिक, अलजेब्रा, ज्योमेट्री, इन्जिनियरिङको कुनै हाँगो था छैन । तर एमालेको कार्यविभाजन हेर्दा यस्तो लाग्छ, सोच्ने काम हाम्रो होइन, केवल आदेश पालना गर्नु र लड्नु हो, सैनिक संगठनमा जस्तै । म एआईलाई सोध्छु–एमाले पहिलो कसरी बन्छ ?’