काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विकास कूटनीतिको नयाँ युगलाई अंगाल्ने भविष्यको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टिकोणसँग सहमत रहेको बताएका छन् ।
बुधबार नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री मोदीसँगको भेटपछि सभापति लामिछानेले नेपाल र भारतले विगतका सीमितताहरूलाई पार गर्दै विकास कूटनीतिको नयाँ युगलाई अंगाल्ने भविष्यको दृष्टिकोणसँग सहमत रहेको बताएका हुन् ।
उनले साझा सभ्यतागत सम्बन्ध, डिजिटल करिडोर र अविच्छिन्न कनेक्टिभिटीमा ध्यान केन्द्रित गरेर प्रगति र आपसी विश्वासले परिभाषित साझेदारी वास्तवमै निर्माण गर्न सकिने उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘आज सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूसँग यस्तो फलदायी एक घण्टे संवादमा सहभागी हुन पाउनु साँच्चै ठूलो खुसीको विषय रह्यो । म नेपाल र भारतले विगतका सीमितताहरूलाई पार गर्दै विकास कूटनीतिको नयाँ युगलाई अंगाल्ने भविष्यको तपाईंको दृष्टिकोणसँग सहमत छु। साझा सभ्यतागत सम्बन्ध, डिजिटल करिडोर र अविच्छिन्न कनेक्टिभिटीमा ध्यान केन्द्रित गरेर हामी प्रगति र आपसी विश्वासले परिभाषित साझेदारी वास्तवमै निर्माण गर्न सक्छौँ। राष्ट्रिय स्वतन्त्र पार्टी यी सम्भावनाहरूलाई नेपाल र भारतका जनताका लागि वास्तविकतामा रूपान्तरण गर्न अग्रसर रहन चाहन्छ ।’

प्रतिक्रिया