प्रधानमन्त्रीले संसदमा आएर माफी नमागेसम्म सदन चल्न नदिने कांग्रेसको अडान


काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीले सदनमा आएर माफी नमागेसम्म सदन अघि नबढ्ने बताएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेस संसदीय दलका उपनेता अभिषेकप्रताप शाहले प्रधानमन्त्री बालेन साहले सदनमा माफी नमागेसम्म संसद् बैठक चल्न नदिने बताएका छन् ।

उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति आपत्तिजनक ठहर गर्नुपर्ने बताए । उनले भने, ‘कि प्रधानमन्त्रीले त्यो स्टेटमेन्ट फिर्ता लिनुपर्छ कि माफी माग्नुपर्छ । माफी मागेपछि मात्रै सदन चलाउन दिन्छौँ ।’