विषयगत समिति संयोजकहरू तोकिएको विषयलाई ‘छायाँ सरकार’ भन्न मिल्दैन : भीष्मराज आङ्देम्बे


काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले ‘छायाँ मन्त्रिपरिषद्’ गठन नगरेको बताएका छन् । कांग्रेस संसदीय दलको विधानअनुसार १८ वटा मन्त्रालयलाई आधार मानेर विषयगत समिति संयोजकहरू तोकिएको विषयलाई ‘छायाँ सरकार’ वा ‘छायाँ मन्त्रिपरिषद्’ भन्न नमिल्ने उनको भनाइ छ ।

‘प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई समेटेर मन्त्रालयगत रूपमा जिम्मेवारी बाँडफाँट गरिएको हो, जसको उद्देश्य संसदीय कामलाई प्रभावकारी बनाउनु मात्र हो, सरकारको विकल्पका रूपमा समानान्तर संरचना खडा गर्नु होइन’, आङ्देम्बेले भने ।

विगतमा नेपाली राजनीतिमा ‘छायाँ सरकार’ भन्ने शब्दावली प्रयोग हुने गरेको भए पनि अहिले कांग्रेसले त्यस्तो संरचना नबनाएको उनले स्पष्ट पारे ।