काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन् । सोमबार दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नयाँदिल्ली प्रस्थान गरेका हुन् ।
भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा उनी भारत भ्रमणमा गएका हुन् । भारत प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थलमा लामिछानेले आफू भारत भ्रमणबाट फर्केपछि विस्तृत कुरा गर्ने बताए । उनले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम तय छ ।
लामिछानेको भ्रमण टोलीमा पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिनकुमार आचार्य, सचिवालय सदस्य दीपक बोहोरा र अविनाश आचार्य सहभागी छन् । लामिछाने यही जेठ २२ गते स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया