नेपाल भ्रमणमा आएकी अमेरिकी उपविदेशमन्त्री रोजर्सले नेपाल सरकारका उच्च अधिकारीसँग भेटवार्ता गर्ने


काठमाडौँ । सार्वजनिक कूटनीतिसम्बन्धी अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्स काठमाडौँ आएकी छन् । आफ्नो भ्रमणका क्रममा उपविदेशमन्त्री रोजर्सले काठमाडौँमा आयोजित ’एसेन्ट समिट २०२६’ मा मुख्य मन्तव्य प्रस्तुत गर्नेछिन्

। साथै, उनले नेपाल सरकारका उच्च अधिकारीहरू, अमेरिकन चेम्बर अफ कमर्सका सदस्यहरू र अमेरिकी विदेश मन्त्रालयका विभिन्न कार्यक्रमका पूर्व–सहभागीहरूसँग भेटघाट गर्ने काठमाडौँस्थि अमेरिकी दूतावासले जनाएको छ ।

सोही अवसरमा उनले खुला समाज र आर्थिक समृद्धिको आधारका रूपमा अभिव्यक्ति स्वतन्त्रता र डिजिटल स्वतन्त्रताको वकालत गर्नेछिन् । साथै, उनले ऐतिहासिक पाटन दरबार स्क्वायर र अमेरिकी राजदूत सांस्कृतिक संरक्षण कोष अन्तर्गतका सातवटा सम्पदा स्थलहरूको भ्रमण गर्नेछिन् ।

यस भ्रमणले नेपालको सांस्कृतिक सम्पदा संरक्षणमा अमेरिकाको सहयोगलाई दर्शाउनुका साथै नेपाली जनजीवन, धार्मिक परम्परा र पर्यटन अर्थतन्त्रको केन्द्रमा रहेका यस्ता स्थलहरूको सुरक्षाप्रति अमेरिकी प्रतिबद्धतालाई जोड दिने दूतावासले जनाएको छ ।