काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पार्टी एकताका लागि आग्रह गरेका छन् । सामाजिक संजालमार्फत अध्यक्ष साम्पाङले पार्टी एकताका लागि कुलमानलाई आग्रह गरेका हुन् ।
उनले ओली, प्रचण्ड र देउवा अनि बालेन र रवि मिल्दा हामी किन नमिल्ने भन्दै प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘केपी ओली र प्रचण्ड मिल्न सक्ने, प्रचण्ड र शेरबहादुर देउवा मिल्न सक्ने, बालेन र रवि मिल्न सक्ने तर हर्क साम्पाङ र कुलमान मिल्न नसक्ने ? यस्तो नि हुन्छ ? मिल्नुपर्छ भनेर मैले निम्तो पठाछु हिजो !’
उनले यसअघि सुदन किराँतीको समूहलाई आफ्नो पार्टीमा समाहित गरिसकेका छन् ।

प्रतिक्रिया