रास्वपाका प्रमुख सचेतक भन्छन्-प्रधानमन्त्री एक हप्ताभित्र सदनमा आउनुहुन्छ


काठमाडौं । प्रधानमन्त्री बालेन साह एक साताभित्र सदना जवाफ दिन उपस्थित हुने भएका छन् । प्रतिनिधिसभाको मंगलबारको दोस्रो बैठकमा रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री एक साताभित्र जवाफ दिन सदनमा आउने जानकारी गराएका हुन् ।

प्रधानमन्त्री सदनमा आउनुपर्ने माग गर्दै अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो । बैठक स्थगित भएपछि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विपक्षी दलहरूबीच सदन अवरोध हटाउने सहमति भएको थियो ।

सत्ता पक्ष र विपक्षी दलको बैठकमा सत्तापक्षले प्रधानमन्त्रीबाट सम्बोधन गराउने प्रतिबद्धता व्यक्त गरेपछि सदन संचालन गर्ने सहमति बनेको थियो ।