हावाहुरीले विभिन्न जिल्लामा ठूलो क्षति गरेको भन्दै पीडितलाई क्षतिपूर्ति दिन सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण


काठमाडौं । सांसदहरुले हावाहुरीले विभिन्न जिल्लामा ठूलो क्षति भएको भन्दै पीडितलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा रास्वपाका सांसदहरु सोम शर्मा, सुशान्त वैदिक र गोविन्द पन्थी तथा नेकपाकी सांसद बलावती शर्माले हावाहुरीले पुर्याएको क्षतिबारे जानकारी गराउँदै पीडित परिवारलाई उचित क्षतिपूर्ति तथा बसोबास व्यवस्थापन मिलाउन सरकारसँग माग गरेका छन् ।

हावाहुरीले बागलुङ, गुल्मी र प्युठानमा ठूलो क्षति पुर्याएको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराए ।