काठमाडौँ । नेपाल तरूण दलको अध्यक्षमा मनिष कोइराला नियुक्त भएका छन् । सभापति गगन थापाले आइतबार कोइरालालाई अध्यक्ष नियुक्त गरेका हुन् ।
तरूण दलको तदर्थ समिति रिक्त थियो । यसअघि तरूण दलको अध्यक्ष विद्वान गुरूङ थिए । तोकिएको समयमा महाधिवेशन गराउन नसकेपछि हालै उनले पदबाट राजीनामा दिएका थिए ।
सभापति थापाले तोकिएको समयभित्रै तरूण दलको महाधिवेशन गर्ने गरी कोइरालालाई अध्यक्ष नियुक्त गरेको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।


प्रतिक्रिया