काठमाडौं । सरकारले संविधान संशोधनका विषयमा राय सुझाव उपलब्ध गराउन सार्वजनिक सूचना जारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गरी संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न सर्वसाधारणसँग राय तथा सुझाव माग गरेको हो ।
संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठन गरिएको कार्यदलको बैठकले संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्न लिखित रूपमा सुझाव संकलन गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार नेपालको संविधानमा गर्नुपर्ने सुधार एवं संशोधनका विषयमा ७ दिनभित्र सुझाव उपलब्ध गराउन आग्रह गरिएको छ । इच्छुक नागरिकलाई आफ्नो सुझाव इमेल, फोन वा सचिवालयमार्फत पठाउन अनुरोध गरिएको छ ।कार्यदलले प्राप्त सुझावलाई संविधान संशोधनसम्बन्धी बहसपत्रमा समेटिने जनाएको छ ।
गत चैत १६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ गठन गरिएको थियो ।


प्रतिक्रिया