सदनमा प्रधानमन्त्री र मन्त्रीहरू नआएको भन्दै हर्क साम्पाङको विरोध, मर्यादित हुन सभामुखको आग्रह


काठमाडौँ । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सदस्यहरूले उठेर संसद्प्रति सरकार जवाफदेही हुनुपर्नेमा जोड दिएका छन् । बुधबार बैठक सुरु हुनासाथ हातमा पर्चा देखाएर श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले सभामा मर्यादित भई प्रस्तुत हुन र प्रतिनिधिसभा नियमावली २०७९ को दफा ३० बमोजिम ध्यानाकर्षण गराउँदै अभद्र व्यवहार नगर्न आग्रह गरे ।

पार्टीका अध्यक्ष हर्कराज राईले जनताको प्रतिनिधिसभामा प्रधानमन्त्री र मन्त्रीहरू नआउनु र आफूहरूले राख्ने जनताका कुरा नसुन्ने स्थिति हुन नहुने बताए ।