काठमाडौँ । सरकारले काठमाडौं उपत्यकाबाट विस्थापित भएका सुकुम्बासीका लागि एकमुष्ट २५ हजार खर्च उपलब्ध गराउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले वैकल्पिक बसोबासको व्यवस्था गर्न २५ हजार रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
उनले भने, ‘विस्थापित व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनस्र्थापनाका लागि २५ हजार रुपैयाँ उपलब्ध गराउने भएको निर्णय भएको छ ।’
वृद्ध, असहाय र अपाङ्गलगायत आफ्नो व्यवस्थापन गर्न नसक्ने परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्था गर्ने र बालबालिका, विद्यार्थीको पठनपाठन र स्वास्थ्य सेवा स्थानीय तहसँगको समन्वयमा व्यवस्था गर्ने निर्णय भएको पोखरेलले बताए ।

प्रतिक्रिया