काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालले सर्वोच्च अदालतमा देखिएको अन्योल तथा बेथितिको वर्तमान अवस्था धेरै पहिलेदेखि न्यायाधीशहरूको नियुक्तिमा भएको पूर्वप्रधानन्यायाधीशहरूको हैकम जिम्मेवार रहेको बताएका छन् ।
सामाजिक संजालमार्फत पूर्वन्यायाधीश लालले तत्कालिन राजनीतिक नेताहरूको पार्टीगत तथा व्यक्तिगत स्वार्थको कारणले यस्तो भएको बताएका हुन् ।
उनले भनेका छन्, ‘सर्वोच्च अदालतमा देखिएको अन्योल तथा बेथितिको वर्तमान अवस्था, धेरै पहिले देखि न्यायाधीशहरूको नियुक्तिमा भएको पूर्व प्रधान न्यायाधीशहरूको व्यक्तिगत हैकम एवं स्वार्थ तथा तत्कालिन राजनीतिक नेताहरूको पार्टीगत तथा व्यक्तिगत स्वार्थको कारणले भएको हो । जसको कारणले न्यायाधीशहरूको नियुक्तिमा तत्कालिन पुनरावेदन अदालतमा रहेका राम्रा–राम्रा मुख्य न्यायाधीशहरू तथा न्यायाधीशहरूलाई पन्छ्याई इजलासको अनुभवै नभएका राजनीतिक पार्टीहरूका कार्यकर्ता वकिलहरूलाई सीधै सर्वोच्च अदालतमा बनावटी वरिष्ठ बनाई ल्याई प्रधानन्यायाधीश हुने गरी नियुक्ति गर्नु हो ।’
उनले यस्तो अवस्था आउनुको एउटा अर्को मूल कारण न्यायपरिषदका सदस्यहरूमा राजनीतिक कार्यकर्ता तथा पदाधिकारीहरूको बाहुल्य पनि भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया