काठमाडौं । नेकपा एमालेले संसदमा अदालतको अपमान हुने गरी रास्वपाका सांसदहरुले अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ ।
सोमबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीशको आदेशप्रति आपत्ति जनाउँदै राजनीति नगर्न चेतावनी दिएपछि एमाले सांसद ऐन महरले आपत्ति जनाएका हुन् ।
सांसद महरले संसदमा विचाराधीन मुद्दाको विषयमा बहस गरेको भन्दै आपत्ति जनाए । उनले संसदमा अदालतको अपमान हुने गरी बहस गर्न नपाइने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे ।
यसअघि बैठकमा रास्वपा सांसद न्यौपानेले कामु प्रधानन्यायाधीश न्यौपानेले कन्फिलिट अफ इन्ट्रेस्टका आधारमा आदेश दिएको भन्दै आपत्ति जनाएका थिए ।
त्यस्तै रास्वपा सांसद बास्कोटाले दरपीठ भएका रिट दर्ता गर्न आदेश दिनु कत्तिको न्यायोचित हो भन्दै प्रश्न गरेकी थिइन् ।

प्रतिक्रिया