काठमाडौं । तत्कालीन गृहमन्त्री सुदन गुरुङले आफूविरुद्ध छानबिन समिति बनेको र सरकारले सत्य तथ्य बाहिर ल्याउनेमा आफू ढुक्क रहेको बताएका छन् ।
यदि आफूबाट गल्ती भएको प्रमाणित भए वर्तमान सरकारले कुनै हालतमा नजोगाउने र कारबाही गर्ने भन्दै उनले आफूले कुनै पनि गलत काम नगरेको दाबी गरे ।
गुरुङले भने, ‘हाम्रो सरकारले कसैलाई पनि छाड्दैन। हाम्रै श्रम मन्त्रीलाई समेत सरकारले छाडेन भने मलाई त झन् कुनै हालतमा छाड्दैन । पहिलेका दलहरूजस्तो यताउति म्यानिपुलेट गरेर ‘वासिङ मेसिनमा धोएर ल्यायो’ भन्ने हाम्रोमा हुँदैन ।’
गुरुङले समिति गठन हुनुअघि नै दलका प्रमुख नेताहरूले आफूलाई कुनै गलत काम त छैन नि ?’ भनेर प्रश्न गरेको समेत बताए । उनले थपे, ‘गलत भएको भए तपाईँलाई कारबाही हुन्छ है भनेर अगाडिदेखि नै भनिसक्नुभएको छ । म ढुक्क छु, मेरो कुनै गल्ती छैन ।’

प्रतिक्रिया