काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संविधान संशोधन केवल संशोधनका लागि मात्र नभई जनताको अधिकारलाई थप सुदृढ गर्दै अग्रगमनतर्फ उन्मुख हुनुपर्ने बताएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले संविधान संशोधनको प्रक्रिया जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै देशलाई प्रगतितर्फ लैजाने उद्देश्यका साथ अघि बढ्नुपर्ने बताए ।
उनले भने, ‘संविधान संशोधन केबल संशोधनको लागिमात्र होइन । जनताले प्राप्त गरेको अधिकारको कसिमा राखेर अग्रगमनको लागि होइन । अग्रगमनको लागि हुनुपर्छ । न कि पश्चगमनको लागि ।’
उनले संविधानलाई केवल अक्षरहरूको संग्रह नभई नेपाली जनताको रगत र पसिनाले लेखिएको साझा सहमतिको दस्तावेज भएको उल्लेख गरे।
‘संविधान केवल अक्षरहरूको सङ्ग्रह होइन । रगत र पसिनाले लेखेको साझा सहमतिको दस्ताबेज पनि हो । योत राष्ट्रिय एकता र साझा मनोवैज्ञानिक भाव धारालाई जोड्ने कडी पनि हो,’ उनले भने ।

प्रतिक्रिया