काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालका बीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपतिले सभामुखसँग सरकारको नीति तथा कार्यक्रम सम्बोधन गरिरहँदा प्रधानमन्त्री उठेर हिँडेको विषयमा पनि चासो राखेको बताइएको छ ।
आफू नेतृत्वको सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गरिरहँदा प्रधानमन्त्री उठेर हिँडेकोलाई कतिपयले राष्ट्रपतिमाथिको अपमान भनेका छन् । यो विषयले प्रधानमन्त्रीमाथि धेरै आलोचना भइरहेको छ । यो विषयलाई लिएर कतिपयले भने राष्ट्रपतिले प्रधानमन्त्रीलाई सचेत गराउनुपर्ने सुझावसमेत दिएका छन् ।

प्रतिक्रिया