रास्वपामा उम्मेदवार हुन छैन अब सहज, राखियो यस्तो बाध्यकारी व्यवस्था


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा पार्टीकातर्फबाट उम्मेदवार बन्न चाहने पार्टी सदस्यहरूले ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ उत्तीर्ण गर्नुपर्ने व्यवस्था गरेको छ ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकले उम्मेदवार बन्न क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुन बाध्यकारी बनाइएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

यसअघि स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ को मस्यौदा प्रतिवेदन पार्टीको सचिवालय बैठकमा पार्टी सभापति रवि लामिछानेलाई उम्मेदवार छनौट रूपरेखा निर्माण समितिको तर्फबाट हस्तान्तरण गरिएको थियो ।

केही दिनअघि बसेको संसदीय दलको बैठकले स्थानीय तह निर्वाचन उमेदवार छनोट रूपरेखा तथा क्यान्डिडेट क्लब सम्पादन समिति बनाएको छ । समितिको संयोजकमा सह–महामन्त्री विपिनकुमार आचार्य छन् । त्यसैगरी समितिको सचिवमा रामकुमार (आरके) ढुंगाना, समीक्षा बास्कोटा, केपी खनाल, कामिनी चौधरी, रामकृष्ण भट्टराई र डिल्लिश्वर कार्की सदस्य छन् ।