सरकारले शीतल निवासमा फेरि पठायो अर्को अध्यादेश


काठमाडौँ । सरकारले थप एक अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालय पठाएको छ । सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन गर्न नयाँ अध्यादेश राष्ट्रपति कार्यालय पठाएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले नयाँ अध्यादेशको रुपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको जानकारी दिए । योसहित अहिलेसम्म । राष्ट्रपति कार्यालय पठाएको अध्यादेशको संख्या आठ पुगेको छ । तर राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश मात्र जारी गरेका छन् । संवैधानिक परिषदसम्बन्धी अध्यादेश भने पेचिलो बनेको छ ।

यसअघि संवैधानिक परिषदसम्बन्धी अध्यादेश राष्ट्रपतिले दुई पटक फिर्ता गरेका थिए । यही अध्यादेशलाई लिएर राष्ट्रपतिले बिहीबार कानुन व्यवसायीहरुसँग परामर्श गरेका थिए । परामर्शमा गएका केही कानुन व्यवसायीले भने अध्यादेश फिर्ता गरिदिन सुझाव दिएका छन् ।