दक्षिण तथा मध्य एशियाका लागि अमेरिकी विशेष दूत सर्जियो गोर काठमाडौँमा


काठमाडौँ । दक्षिण तथा मध्य एशियाका लागि अमेरिकी विशेष दूत सर्जियो गोर बिहीबार साँझ काठमाडौँ आइपुगेका छन् । भ्रमणका क्रममा विशेष दूत गोरले नेपाल सरकारका वरिष्ठ अधिकारीहरू र व्यवसायिक क्षेत्रका नेतृत्वसँग भेटघाट गर्ने काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

दूतावासले भनेको छ, ’हामी दक्षिण तथा मध्य एशियाका लागि विशेष दूत सर्जियो गोरलाई काठमाडौंमा हार्दिक स्वागत गर्दछौं। भ्रमणका क्रममा विशेष दूत गोरले नेपाल सरकारका वरिष्ठ अधिकारीहरू र व्यवसायिक क्षेत्रका नेतृत्वसँग भेटघाट गर्नुहुनेछ।’

केही दिनअघि दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल आएका थिए । तीनदिने भ्रमणमा आएका कपुरले रास्वपा सभापति रवि लामिछानेबाहेक राजनीतिक दलका शीर्ष नेतासँग भेटेनन् भने प्रधानमन्त्री बालेन साहसँग भने भेट गरेनन् ।

विगतमा उनीभन्दा कनिष्ठ अधिकारी नेपाल भ्रमणमा आउँदा शीर्ष नेता, प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म भेट हुने गरेको थियो । कपुरले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरेका थिए ।