आगामी मंसिर ११ देखि १५ सम्म महाधिवेशन गर्ने नेकपाको निर्णय, संविधान संशोधन मस्यौदा कार्यदल गठन


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिरमा महाधिवेशन गर्ने भएको छ । सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजक समितिको बैठकले आगामी मंसिर ११ देखि १५ सम्म महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशन काठमाडौंमा आयोजना हुनेछ ।

त्यस्तै बैठकले संविधान संशोधन मस्यौदा कार्यदल गठन गरेको छ । बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा नेताहरू देव गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रणध्वज कन्दङ्वा, रेखा शर्मा, गणेश विक, मुक्ति प्रधान, खिमलाल देवकोटा, डम्बर थापा, जगदेव चौधरी र रामबहादुर चौधरी सदस्य छन् ।