डोजर चल्ने भएपछि थापाथलीको बस्तीबाट सुकुम्बासीले थाले सामान सार्न


काठमाडौं । प्रधानमन्त्री बालेन साहले काठमाडौँका सुकुम्बासी बस्ती खाली गर्न निर्देशन दिएपछि थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गर्न सुरु गरिएको छ । प्रधानमन्त्रीले अतिक्रमित बस्तीहरू खाली गराउन सबै सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए ।

गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका उनले सुरक्षा निकायका प्रमुखसँगको भेटमा उक्त निर्देशन दिएका हुन् ।

शनिबार बिहानदेखिनै बस्ती खाली गराउन डोजर चल्ने हल्लापछि सुकुम्बासीहरूले बिहीबार साँझदेखि नै आफ्ना सामान सार्न सुरु गरेका हुन्। शुक्रबार बिहान पनि थापाथली क्षेत्रमा बस्ती खाली गर्ने क्रम जारी रहेको देखिएको छ ।