ऋण थप्दै बालेन सरकार, एडीबीबाट ११५ मिलियन डलर ऋणसम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन वार्ता टोली गठन


काठमाडौं । सरकारले एसियाली विकास बैंक(एडीबी) बाट फेरि ऋण लिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले एकीकृत पानी तथा ढल व्यवस्थापन क्षेत्रका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने ११५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो ।

टोलीले ऋण सहायता सम्झौता तथा अन्य सम्बन्धित दस्तावेजलाई अन्तिम रूप दिनेछ ।