फछ्यौट हुन नसकेका फाइलबारे गुनासो गर्न सर्वसाधारणलाई प्रधानमन्त्री कार्यालयको आह्वान


काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल सप्ताह’ अभियानका क्रममा फछ्यौट हुन नसकेका फाइलबारे गुनासो गर्न सर्वसाधारणलाई आह्वान गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गरी ‘शून्य बाँकी फाइल सप्ताह’ अभियानका क्रममा फछ्यौट हुन नसकेका फाइलबारे गुनासो गर्न सर्वसाधारणलाई आह्वान गरेको हो ।
गत चैत ३० देखि २०८३ वैशाख ७ गतेसम्म देशभरका तीनै तहका सरकारी निकायमा उक्त अभियान सञ्चालन गरिएको थियो ।

जारी सूचना अनुसार गदगुनासो दर्ताका लागि टोल फ्री नम्बर ११११ मा फोन गर्न सकिनेछ भने अनलाइनमार्फत पनि गुनासो पेस गर्न सकिने व्यवस्था छ ।