काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले गृहमन्त्री सुदन गुरुङलाई तत्काल छानबिनको दायरामा ल्याउन माग गरेका छन् ।
उनले सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्टको साझेदार रहेको खुलेपछि गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् । बस्नेतले र गृहमन्त्रीले तत्काल राजीनामा दिएर छानबिनको दायरामा आउनु आवश्यक रहेको बताए ।
उनले भने, ‘व्यवसायी दीपक भट्टको नाम केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवासँग जोडेर बदनाम गर्न नेपाली मिडिया र बालेन समर्थक सोसल मिडिया प्रयोगकर्ताहरू भ्याइ नभ्याई लागिरहेका थिए । तर अनुसन्धान गर्दै जाँदा उहाँहरुसँग् सम्बन्धित कसैको कनेक्सन देखिएन दीपकजीको कनेक्सन त बालेनजीकै निकट मानिएका गृहमन्त्री सुदन गुरुङसँग नै २५ लाख रुपैयाँ बराबरको शेयरसहित रहेको तथ्य बाहिरियो। अझ रोचक पक्ष के छ भने कार्की आयोगका सदस्य विज्ञानराज शर्माको नाममा पनि १० लाख रुपैयाँ बराबरको शेयर फेला परेको भनिएको छ।’
उनले दीपक भट्ट दाषी निर्दोष न्यायालयले निर्धारण गर्ने भन्दै गृहमन्त्रीलाई भने छानबिनको दायरामा ल्याउनुपर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘दीपकजी दोषी छन् कि छैनन्, त्यो कुरा भोलि न्यायालयले नै निर्धारण गर्ने विषय हो। तर गृहमन्त्रीले तत्काल राजीनामा दिएर छानबिनको दायरामा आउनु आवश्यक देखिन्छ । यदि उनले राजीनामा दिएनन् भने मन्त्री बन्नुभन्दा चार–पाँच दिन अगाडि तातोपानी जाँदातिरको काण्डसँग सम्बन्धित भिडियो फुटेजसमेत पत्रकारहरूले तयार पारेर राखेको बताइँदैछ। यिनको कथित आपराधिक पृष्ठभूमिका कारण ढिलो–चाँडो यिनको पद जानेनैछ।’

प्रतिक्रिया