काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले राजनीतिक दलहरुले विगतका गल्तीको आत्मसमीक्षा गर्दै जनतासँग माफी माग्ने र नयाँ पुस्तालाई नेतृत्व सुम्पने साहस गर्नुपर्ने बताएका छन् ।
मंगलबार सामाजिक संजालमार्फत भण्डारीले सत्तामा हुँदा गुमेको विश्वास, पिँढीमा बसेर गरिने गफले नफर्किने बताएका हुन् ।
उनले भनेका छन्, ‘नेपालका राजनीतिक पार्टीहरू कससँग मिल्ने/नमिल्ने भन्ने कुरा जनताको मुख्य चासो होइन। विगतका गल्तीहरूको आत्मसमीक्षा गर्दै जनतासँग माफी माग्ने र नयाँ पुस्तालाई नेतृत्व सुम्पने साहस नै सुधारको सही बाटो हुन सक्छ। सत्तामा हुँदा गुमेको विश्वास, पिँढीमा बसेर गरिने गफले फर्किँदैन। जनताको स्वाद नबुझी खोलिएका ‘दुकान’ पुरानै सेल्सम्यान र मालिकले जति सिंगार गरे पनि चल्दैनन् । जिब्रोको चाकडी त रोग नै हो नि !’

प्रतिक्रिया