काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार संसदीय दलको नेता चयन गर्ने भएको छ । निर्वाचन समितिले शुक्रवार दलको नेताको निर्वाचन गर्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
वैशाख ११ गते बिहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ता, सोही दिन अपरान्ह चार बजेदेखि पाँच बजेसम मतदान हुने कार्यतालिकामा उल्लेख छ ।
प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद छन् । नेता चयनमा सहमति नजुटेपछि निर्वाचनमार्फत दलको नेता चयन गर्न लागिएको हो ।



प्रतिक्रिया