काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ। पार्टी प्रवक्ता मनिष झाले सोमबार दिउँसो ३ः०० बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने जानकारी दिए।
पार्टी सभापति रवि लामिछानेको निर्देशानुसार बैठकमा अनिवार्य उपस्थितिका लागि सबैलाई अनुरोध गरिएको उनले बताए।
यसैबीच, रास्वपा सचिवालय बैठक आज अपराह्न ३ः३० बजे बस्दैछ। बैठकले केन्द्रीय समिति बैठकका ‘एजेण्डा’ तय गर्ने जनाइएको छ।
बैठकमा प्रतिनिधिसभा सदस्यको संगठनात्मक जिम्मेवारी र संसदीय दलको लागि प्राविधिक सहायता एवं ‘लेवी’लगायत विषयमा पनि छलफल हुने प्रवक्ता झाले जानकारी दिए।
बैठकमा जिल्ला अधिवेशन कार्यविधि, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभागको मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनलगायत विषयमा समेत छलफल हुने उनले बताए।

प्रतिक्रिया