सर्वोच्च अदालतको फैसलालाई हार-जितको विषय बनाउन हुँदैनः महामन्त्री पौडेल


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सर्वोच्च अदालतको फैसलालाई हारजितको विषय बनाउन नहुने बताएका छन् ।

शुक्रबार सर्वोच्चले सभापति गगन थापा पक्षलाई आधिकारिकता दिने फैसला सुनाएपछि महामन्त्री पौडेलले एउटाको जित वा अर्काको हारका रूपमा व्याख्या गरेर पार्टी एकता खल्बलिने वातावरण आउन नदिन सबै सचेत र सजग हुनु अहिलेको अवस्थामा अनिवार्य आवश्यकता भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘नेपाली काङ्ग्रेसको आधिकारिकता सम्बन्धमा सम्मानित सर्वोच्च अदालतको फैसला स्वीकार गर्दछौं । यस फैसला कसैका लागि पनि हार वा जितको विषय हुनु हुँदैन । एउटाको जित वा अर्काको हारका रूपमा व्याख्या गरेर पार्टी एकता खल्बलिने वातावरण आउन नदिन हामी सबै सचेत र सजग हुनु अहिलेको अवस्थामा अनिवार्य आवश्यकता हो । अब सबैलाई सुरक्षित आभास हुने गरि सबै पुनः चारतारे झण्डामुनि गोलबद्ध बनेर १५ औं महाधिवेशनमा अघि बढ्ने वातावरण निर्माणका लागि सक्रिय रहन म समस्त नेपाली काङ्ग्रेसका नेता, साथीहरु र शुभेच्छुकमा हार्दिक अपील गर्दछु।’