काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वआयुक्त डा. भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले बिहीबार तिवारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
तिवारीविरुद्ध १० करोड ५४ लाख ९५ हजार ८ सय ७१ रुपैयाँ ३९ पैसा रकम हिनामिना गरेको आरोप अख्तियारले लगाएको छ । अख्तियारले तिवारीकी श्रीमती देवी तिवारी र छोरी मीरा तिवारीलाई पनि प्रतिवादी बनाएको छ ।
तिवारीको सेवा प्रवेश अवधि मिति २०४४/०५/१९ देखि अवकाश भएको मिति २०७८/०१/०९ सम्मको जाँच अवधिमा कुल वैध आय १४ करोड ५१ लाख ९१ हजार ३५६ रूपैयाँ देखिएको छ । सोही अवधिमा उनको कुल खर्च तथा लगानी २५ करोड ६ लाख ४७ हजार २२७ रूपैयाँ भेटिएको छ ।
आय-व्यय हिसाब गर्दा १० करोड ५४ लाख ९५ हजार ८७१ रूपैयाँ बराबरको सम्पत्ति गैरकानुनीरूपमा आर्जन गरेको अख्तियारले जनाएको छ ।



प्रतिक्रिया