पूर्णबहादुर खड्कालाई अनुशासन समितिले सोध्यो ७ दिने स्पष्टीकरण


काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोधेको छ । बुधबार बसेको अनुशासन समितिको बैठकले खड्कालाई कारबाहीको लागि सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

खड्काले पार्टीको लेटरप्याडमा कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेपछि अनुशासन समितिले कारबाही प्रक्रिया थालेको हो ।

यसअघि पनि विज्ञप्ति निकाल्दा सचेत गराइएको कांग्रेसले जनाएको छ । यसअघि सचेत गराउँदा समेत अटेर गरेर नक्कली लेटरप्याड प्रयोग गरेर पार्टीको विधान विपरीत कार्य गरेकाले स्पष्टीकरण सोधिएको समितिले जनाएको छ ।