काठमाडौँ । अखिल (क्रान्तिकारी) ले मन्त्रिपरिषद्का सदस्यहरूको सार्वजनिक भएको सम्पत्तिको श्रोत खुलाउन तथा सम्पत्ति छानबिन गर्न सरकारमाथि दबाब सिर्जना गर्ने उद्देश्यले विरोध प्रदर्शन गरेको छ ।
अखिल क्रान्तिकारीले सोमबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । आइतबार सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको थियो ।
सार्वजनिक सम्पत्ति विवरणमा प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति धेरै देखिएको छ । यसका पक्ष र विपक्षमा अहिले बहस चलिरहेको छ ।

प्रतिक्रिया