मन्त्रीहरु आफैंले सार्वजनिक गरेको सम्पत्ति विवरणले राज्यको कानुन आकर्षित


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्तिमा पारदर्शिता नभएको बताएका छन् ।

सामाजिक संजालमार्फत प्रवक्ता श्रेष्ठले मन्त्रीहरु आफैंले सार्वजनिक गरेको सम्पत्ति विवरणले राज्यको कानुन आकर्षित गरेको बताएका हुन् । उनले धन कमाउन र धनी बन्न पाइने तर कर तिरेको विवरण पनि सार्वजनिक गर्नुपर्ने बताए ।

उनले भनेका छन्, ‘बालेन सरकारका कतिपय मन्त्रीहरुका सम्पत्ति विवरणमा नगद, गरगहना, घरघडेरी, शेयर र अन्य लगानी औसत नेपालीको भन्दा धेरै माथि देखियो। रोचक त कतिपय मन्त्रीका हदबन्दी भन्दा बढी जग्गाको विवरण स्वयंबाट सार्वजनिक भएको छ । मन्त्रीहरु आफैंले सार्वजनिक गरेको सम्पत्ति विवरणले राज्यको कानुन आकर्षित गरेको छ। धन कमाउन र धनी बन्न पाइन्छ तर आय र कर तिरेको विवरण पनि सार्वजनिक होस् ।’