अर्थमन्त्री वाग्लेको ७ जिल्लामा जग्गा, ४५ तोला सुन


काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि धनी मन्त्रीमै परेका छन् । आइतबार सार्वजनिक गरिएको सम्पत्ति विवरणमा उनको विभिन्न ९ ठाउँमा जग्गा छ ।

काठमाडौँको चन्द्रागिरीमा ३ रोपनी, ललितपुरको सानेपामा ३.७५ आना, भैसेपाटीमा ४ आना लगायत धुलिखेल, बन्दीपुर, गोरखाको शहीद लखन र गोरखा नगरपालिका, चितवनको रत्ननगर र तनहुँको भानु नगरपालिका समेत जग्गा रहेको छ ।

त्यस्तै, उनले ४५ तोला सुन रहेको उल्लेख गरेका छन् । त्यसैगरी विभिन्न कम्पनीमा गरी उनीसँग १ करोड ९० लाख रुपैयाँ रहेको छ।

उनीसँग सांग्रीला डेभलपमेन्ट बैंक र सानिमा मिडिल तमोर हाइड्रोपावरको गरी झण्डै १ लाख कित्ता प्रोमेटर शेयर र अन्य ५ करोड ५० लाख रुपैयाँ बराबरको शेयर रहेको उल्लेख छ । त्यस्तै, ९४ लाख रुपैयाँ पर्ने सुवानु एसभी समेत रहेको उल्लेख छ ।