तनहुँमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु


दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा मृत्यु हुने दुई जनाको सनाखत भएको छ ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा ११ च ७३६५ नम्बरको टोयोटा गाडीले डिभाइडर नाघेर आफ्नै लेनबाट जाँदै गरेको ग १९ प २९८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा स्कुटर चालक गाछेपानीस्थित शुक्लागण्डकी च्वयनधामका पुजारी गणेश खतिवडा र पछाडि सवार सोही ठाउँका कृष्ण भुजेल रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमृत लामिछानेले जानकारी दिए ।

स्कुटर चालक खतिवडाको तनहुँ सेवा अस्पतालमा र भुजेलको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।