आइतबार पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न मन्त्रालयको निर्देशन


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक बिदाको दिन आइतबार पनि अस्पतालहरूमा ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।

सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे पनि स्वास्थ्य सेवालाई निरन्तर र प्रभावकारी बनाउन मन्त्रालयले यस्तो व्यवस्था मिलाउन सबै निकायलाई अनुरोध गरेको हो । मन्त्रालयले विज्ञप्ति जारी गरी अस्पतालहरूलाई आफ्नो कार्यबोझ र जनशक्ति हेरेर आइतबार ओपिडी सेवा उपलब्ध गराउन आग्रह गरेको हो ।

आइतबार सेवा प्रवाह गर्दा खटिने कर्मचारीहरूलाई शनिबारबाहेक साताको अर्को एक दिन बिदा दिने वा सो सम्भव नभए सट्टा बिदा उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको छ ।

यो व्यवस्था प्रादेशिक अस्पतालहरूमा समेत लागू गर्न र सम्बन्धित प्रदेशका स्वास्थ्य विषय हेर्ने मन्त्रालयहरूलाई आवश्यक समन्वय र व्यवस्था मिलाउन अनुरोध गरिएको छ।