शुक्रबारदेखि संसद अधिवेशन अन्त्य


काठमाडौं । संसद अधिवेशन शुक्रबारदेखि अन्त्य हुने भएको छ । चैत २४ गतेको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको अधिवेशन अन्त्य गरेका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार अधिवेशन अन्त्य शुक्रबार राति १२ बजेदेखि लागू हुनेछ ।