काठमाडौं । नेपालले अमेरिका र इरानबीच भएको युद्धविरामको स्वागत गरेको छ । बुधबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी पश्चिम एसियामा भएको युद्धविराम सम्झौताको स्वागत गरेको हो । नेपालले युद्धविराम सम्झौतालाई उक्त क्षेत्रमा शान्ति र स्थिरताको प्रवद्र्धनतर्फ सकारात्मक कदमको रूपमा हेरेको जनाएको छ ।
विवादहरूको शान्तिपूर्ण समाधानको पक्षमा आफ्नो अडानलाई नेपालले दोहोर्याएको छ । पश्चिम एसिया र बाहिर दिगो शान्ति र स्थिरता प्रवद्र्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय समुदायका सबै प्रयासहरूलाई नेपालले समर्थन गर्ने विज्ञप्तिमा जनाइएको छ ।


प्रतिक्रिया