काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले इजरायलमा रहेका नेपालीहरुलाई सतर्क र सुरक्षित रुपमा रहन आग्रह गरेको छ । सूचना जारी गरी दूतावासले मध्यपूर्वमा विकसित बढ्दो तनावका कारण जारी युद्धबाट आउन सक्ने गम्भीर समस्यालाई ध्यान दिंदै सतर्क रहन आग्रह गरेको हो ।
इजरायल सरकार एवं इजरायल सरकारको आधिकारिक निकायद्वारा जारी सूचना र निर्देशनहरू पालना गर्न, अलर्ट एसएमएस बजेमा हेलचेक्राईँ नगरी समयभित्रै आफू नजिक रहेको बम्ब सेल्टरमा अनिवार्यरूपमा जान, आफ्नो राहदानी, परिचयपत्र, सवारी चालक अनुमतिपत्र, बैंक कार्ड लगायतका कागजात आफ्नो साथमा राख्न आग्रह गरेको छ ।
आपतकालीन अवस्थामा नेपाली दूतावासको सहयोगका लागि द्वितीय सचिव कुमार बहादुर श्रेष्ठ र तृतीय सचिव सञ्ज कुमार शाहलाई मोबाइलमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।


प्रतिक्रिया