मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, को कति नम्बरमा ?


काठमाडौँ । प्रधानमन्त्री बालेन साहले मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन् । मंगलबार प्रधानमन्त्री साहको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले मर्यादाक्रम हेरफेर गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेको जनाइएको छ । जसअनुसार मर्यादाक्रममा दोस्रो नम्बरमा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले यथावत रहेका छन् भने यसअघि तेस्रो नम्बरमा रहेका गृहमन्त्री सुदन गुरुङलाई पाँचौँ नम्बरमा झारिएको छ। त्यस्तै, चौथो नम्बरमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाललाई तेस्रो नम्बरमा ल्याइएको छ ।

यस्तै ४ नम्बरमा राखिएका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साललाई अहिले ६ नम्बरमा लगिएको छ भने यसअघि ६ नम्बरता रहेका ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको अहिले ४ नम्बर कायम रहेको छ ।

यस्तै यसअघि ७ नम्बरमा रहेका पर्यटनमन्त्री खडकराज पौडेलको वरीयता अहिले १२ नम्बर पुगेको छ भने शिक्षामन्त्री सस्मित पोखरेलको ८ नम्बरको वरीयता अहिले ११ नम्बर कायम गरिएको छ । यस्तै ९ नम्बरमा रहेकी स्वास्थ्यमन्त्री निशा मेहताको १० नम्बर, १० नम्बरमा रहेका डा विक्रम तिमल्सिनाको वरीयता अहिले १३ नम्बर कायम गरिएको छ ।