काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली बनाउन मस्यौदा समिति गठन गरिएको छ । सोमबारको प्रतिनिधि सभा बैठकमा रास्वपा सांसद कविन्द्र बुर्लाकोटीले मस्यौदा समिति गठनको प्रस्ताव गरेकोमा सभाले स्वीकृत गरेको छ ।
समितिको सभापतिमा गणेश पराजुली रहेका छन् । त्यस्तै समितिको सदस्यहरूमा डा. ओजश्वी शेरचन, ऐन महर, खुस्बु ओली, खगेन्द्र सुनार, गजलासमिम मिश्रानी, तपेश्वर यादव, ध्रुवराजव राई, निशा डाँगी, निश्कल राई, वलावती शर्मा, मधु चौलागाई,रेखा कुमारी यादव यज्ञमणी न्यौपाने, सुलभ खरेल रहेका छन् ।
समितिले सभामुखको निर्देशनमा कार्यविधि बनाउनेछ भने आवश्यक देखेमा विशेषज्ञको सहयोग लिन सक्नेछ । समितिको कार्यावधि १४ दिनको हुनेछ ।

प्रतिक्रिया