काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन् । सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा राजदूत श्रीवास्तवले भारतीय विदेशमन्त्री एस. जयशंकरको तर्फबाट मन्त्री खनाललाई बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेका छन् ।
भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध तथा सहकार्यका विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटका क्रममा नेपाल र भारतबीचको सदियौँ पुरानो सम्बन्धलाई थप सुदृढ बनाउने र द्विपक्षीय हितका विविध विषयमा गहन छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
विशेषगरी कनेक्टिभिटी, ऊर्जा व्यापार र थाती रहेका विकास आयोजनाहरूका बारेमा संक्षिप्त कुराकानी भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया