काठमाडौँ । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले पार्टीको १५औँ महाधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्व सुम्पिनुपर्ने बताएका छन् । सोमबार विज्ञप्ति जारी गरी बडूले पार्टीको एकता र रुपान्तरणका लागि आगामी महाधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्व दिनुपर्ने बताएका हुन् ।
उनले वर्तमान अवस्थामा पार्टीलाई थप बलियो, जिम्मेवार र एकतावद्ध बनाउने पक्षमा पहल गर्न पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकसँग आग्रह गरेका छन् । बडूले १४औँ महाधिवेशनको कार्यकाल गत मंसिरमै सकिए पनि नियमित महाधिवेशन हुन नसक्दा तत्कालीन नेतृत्वको असहमतिबीच विशेष महाधिवेशन भएको उल्लेख गरेका छन् ।


प्रतिक्रिया