काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुदन गुरुङलाई पोखराको २० रोपनी जग्गा प्रकरणबारे जवाफ दिन आग्रह गरेका छन् ।
सोमबार सामाजिक संजालमार्फत अध्यक्ष साम्पाङले गृहमन्त्रीलाई यसबारे प्रष्ट पार्न आग्रह गरेका हुन् । उनले गृहमन्त्रीसँग मागिएको जवाफ व्यक्तिगत नभएर जनताको भएको बताएका छन् । उनले जीबी राई पक्राउ गरेर रवि लामिछानेलाई न्याय दिनु पर्ने, भदौ २४ गतेको घटनाको पनि छानबिन हुनुपर्ने सरकारका दुई कार्यभारमा पोखराको जग्गा प्रकरण जोडिएकाले तत्काल जवाफ दिनु पर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘प्रिय सुदन गुरुङज्यू, तपाईँ देशको गृहमन्त्री बन्नु भएकोमा मैले बधाइ दिएको छैन । मलाई ‘हर्क दाइ’ भन्नु हुन्छ ! त्यो साइनोले ‘भाइ हो तपाईँ मेरो’ मलाई ‘हर्क जी’ भन्नु हुन्छ ! त्यो अर्थमा “साथी हो तपाइँ मेरो“ तर यो देशको विधि र संविधानलाई मान्दा तपाईँ ‘माननीय गृहमन्त्रीज्यू’ हुनुहुन्छ !With respect मैले त्यो भन्नैपर्छ ! एउटा प्रतिपक्ष दलको नेता भएको कारण तपाइँको टिकाटिप्प्णी गर्नै पर्छ मैले ! प्रश्न सोध्नै पर्छ मैले ! मेरा प्रश्नहरु व्यक्तिगत नभएर नितान्त पदीय जिम्मेवारीले भरिएका प्रश्न हुन् ! nothing personal, everything professional and legal तपाईँले जेनजी आन्दोलनको २३ गतेको घटनाका दोषीहरुलाई पक्रनु भो । धन्यवाद सबैले दिएका छन् । गलत काम गर्नेहरुको लिस्ट बनाएर कारबाही गर्दै हुनुहुन्छ ! धन्यवाद छ ! like that and appreciate that. अझै अघि बढ्नुहोस् शुभकामना छ ! तर मैले सदनमा उठाएका दुइटा मुद्दा नबिर्सनु होला १. जेनजी आन्दोलनको २४ गतेको घटनाको दोषीलाई कारवाही २. जीबी राईलाई पक्रेर रवी दाइलाई न्याय दिने ! काम गर्ने मान्छेको खुट्टा तान्छन् ! अपजस पाइन्छ नै काम गर्ने क्रममा तर पोखराको फेवातालमा २० रोपनी जग्गा तपाईँको नाममा छ रे भन्ने खबरले सामाजिक संजाल तातिंदा नमज्जा लागेको छ । खास कुरा के हो पत्रकार सम्मेलन राखिहाल्नुस् ।’
उनले फेवाताल जग्गा प्रकरणले नैतिकताको सवाल खडा भएको उल्लेख गरेका छन् । ‘नैतिकताको सवाल खडा भयो । अब यो सवालको जवाफ नदिने हो भने जनताले कुरा काट्छन् र विश्वास गर्दैनन् । तपाईँलाई मान्दैनन् । प्रहरीले पनि टेर्न छाड्छन् । मलाई आशा छ तपाईँले एउटा दाजुले दिएको सल्लाह सम्झेर भनेको मान्नु हुनेछ । एक दिन म तपाईँलाई हृदयदेखि नै बधाइ दिनेछु । त्यो दिन चाँडै आवोस् ! जय देश !’

प्रतिक्रिया